सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि

भाद्र महिनाको सुरुवाती दिन अर्थात् आज भाद्र १ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २१० रुपैयाँ प्रतितोला पुगेको छ ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य थप ४०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९० हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।