माधव नेपाललाई साथ दिन्छु, ओलीसँग काम गर्न सकिँदैनः गौतम

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी गठन गरेका माधव नेपाललाई साथ दिने बताएका छन् ।

पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग काम गर्न नसकिने स्पष्ट पारे ।

बिज्ञापन

उनले भने, ‘ ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन । अब हामीले विद्रोहबाट अर्को पक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं ।’

गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताए ।