एमाले विभाजन रोक्न राष्ट्रपति फेरि सक्रिय

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले विभाजित भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छन् ।
राष्ट्रपति भण्डारी सोमबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग करिब २ घण्टा कुराकानी गरेकी छन् ।

सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रपति भण्डारी र नेता नेपालबीच छलफल भएको हो ।

बिज्ञापन

एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको जनाइएको छ ।