सार्वजनिक जग्गा मिच्नेलाई सरकारले छाड्दैन : ईश्वर पोखरेल | OmkarTimes.com

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् ।

 

 

शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी पैदलयात्रीका लागि निर्माण गरिएको पहेँलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रहसमेत गरे ।

 

सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । ‘सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कार्बाही गरेरै छाड्छ,’ उनले भने ।

 

उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।