झापाको विमानस्थलमा रमिता,  सरकारी गाडीमा मापसे गरि हिड्नेलाई प्रहरीले छाड्यो | OmkarTimes.com

झापा। झापाको चन्द्रगढी विमानस्थलबाट शनिबार दिउँसो करिब ३ बजे बा.२ झ. २९१६ नम्बरको सरकारी नम्बर प्लेटको गाडीलाई बिमानस्थल सुरक्षामा खटिएका प्रहरीले केहि समय नियन्त्रणमा लिएर छाडेको छ ।

मादक पदार्थ सेवन गरि उक्त गाडीमा सवार चारजनाले बिमानस्थलको गेट अगाडि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका कारण प्रहरीले नियन्त्रणमा राखेको थियो।

बिज्ञापन

गाडीमा सवार चारजना को थिए भन्ने खुलेको छैन। तर उक्त गाडी जिल्ला प्रशासन कार्यालय झापाबाट सार्वजनिक बिदामा चलाउने स्वीकृति लिएको सहरी बिकास तथा भवन निर्माण अायोजनाको गाडी रहेको जानकारी प्राप्त भएको छ।

अायोजना प्रमुख विदुर खड्कालाई विभिन्न अायोजना निरीक्षण गर्ने उद्देश्यले स्वीकृति दिईएको भएता पनि मापसे गरि उक्त गाडिलाई दुरुपयोग गरेको पाईएको छ।

बिमानस्थलमा खटिएका प्रहरीका सईले भने- `चालकले मादक पदार्थ सेवन गरेको नपाएका कारण गाडी र सवार ब्यक्तिलाई केही समय नियन्त्रणमा लिएर छाडेका हौ´ । अब उप्रान्त यसो नगर्ने शर्तमा छाडेको कुरा उनले अोमकार प्रतिनिधीलाई जानकारी दिए।