
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले अहंकार पालेर बसेका कारण चोइटिएर गएको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यष माधव कुमार नेपाललाई लक्षीत गर्दै उनले भने, ‘हाम्रो पार्टीका कार्यकर्ताले म म भन्दैनन।’
ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताए। अध्यक्ष ओलीले नेपाललाई नर्कबाटो हिडेको भन्दै टिप्पणी पनि गरेका छन् ।
‘यसले मान्छेलाई खरानी पारेर, टुक्र्याएर लग्यो । म भन्ने अहंकारको भावना छाडौं। माधव नेपाल जाने बाटो नर्कको हो। माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु।’
उनले अगाडी भने, ‘मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो । सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ।’