

काठमाडौँ । ‘म एक बूढो र रोगी व्यक्ति हुँ, मेरा पहिल्यैबाट धेरै काम बाँकी छन् । यस्तोमा तपाईंका सम्पूर्ण प्रश्नको उत्तर दिन म समय खर्चिन सक्दिनँ, न त सबै प्रश्नका उत्तर दिन सक्षम छु । विज्ञान र जिसस क्राइस्टको अस्तित्वसँग कुनै लेनदेन पनि छैन । मलाई विश्वास छैन कि कुनै पनि दूतलाई ईश्वरले प्रकृति र मानिसको सृष्टिमा समावेश गरेको आफ्नो उद्देश्य बताए ।’




यी पंक्तिहरु चार्ल्स डार्विनले सन् १९७९ मा आफ्नो जर्मन विद्यार्थीका लागि लेखेको पत्रबाट साभार गरिएका हुन् । उनका छोरा फ्रान्सिस डार्विनले आफ्नो पुस्तक ‘द लाइफ एण्ड लेटर्स अफ डार्बिन’ मा यो पत्र समावेश गरेका छन् ।
बाईबलका गोस्पलहरूमाथि आशंका व्यक्त गर्दै डार्विनले भनेका थिए, ‘यो पुस्तकमा वर्णन भएका धेरै कुरामा मैले विरोधाभास देखेको छु । जसो–जसो मलाई यो पुस्तकमा लेखिएका कुराहरुमा मेरो विरोधाभास बढ्दै गयो ‘रेवेलेशन’ का रुपमा मेरो क्रिश्चियानिटीप्रति विश्वास कम हुँदै गएको छ ।’
‘द गस्पेल’ येशुका १२ जनामध्ये एक जना शिष्य थोमसले लेखेका थिए । उनी तिनै थोमस थिए, जो येशुपछि ५० औं शताब्दीमा उनको सन्देश लिएर भारत आएका थिए र इशापुर्व ७३ मा भारतको चेन्नेइस्थित सेन्ट माउन्टमा एक भिल्ल (भारतीय जनजाती) को भालाले मारिएका थिए ।
चाल्र्स डार्विन सधैं येशुको विरोधी थिएनन् न त उनी सधैं नास्तिक नै थिए । एक समय यस्तो पनि थियो युवावस्थामा डार्विनले पादरी बन्ने तयारी पनि गरिसकेका थिए । यो कुराको खुलासा गर्दै उनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मेरा बाबा म पादरी बनेपछि राम्रो मान्छे बन्छस् भनेर भन्नुहुन्थ्यो ।
त्यसपछि मैले सोच्न केही समय मागे ताकी चर्च अफ इंगल्याण्डका सबै धर्मग्रन्थ र नियमप्रति आफ्नो मनमा विश्वास प्रकट गर्न सकुँ । त्यसै क्रममा मैले क्रिश्चियन धर्मग्रन्थ निकै सावधानीसँग अध्ययन गरे । त्यस समयमा बाइबलमा वर्णीत गरिएका हरेक शब्दलाई कठोर अनुशासन र अक्षरशः पालना गर्ने कुरामा मलाई कुनै सन्देह रहेको थिएन । त्यसपछि क्रिश्चियन सिद्धान्तको पूर्णरुपमा पालना गर्नुपर्छ भन्नेमा म अग्रसर भएँ ।’
डार्विनकी छोरी ‘ऐनी’ को मृत्यु भएपछि उनले आफूलाई पुर्णरुपमा अनुसन्धानमा लीन गराए र आफ्नो पूरै समय त्यसैमा बिताए । यस दौरान विस्तारै–विस्तारै उनको बाइबल र धर्मप्रति भएको विश्वास उठेर गयो ।
यसबारेमा डार्विनले लेखेका छन्, ‘यी दुई वर्ष (अक्टोबर १८३६ देखि जनवरी १८३९) को दौरानमा मैले धर्मको महत्व र आवश्यकताबारे राम्रोसँग बुझ्ने मौका पाएँ । आफ्नो यात्राको सुरुवाती दिनमा म धर्मको घोर कट्टरवादी थिए । मलाई याद छ, मैले जब नैतिकतासँग जोडिएका कयौं मुद्दामाथि बाइबलमा भएका अकाट्य सन्दर्भ पेश गर्थे तब जहाजका अधिकारी मेरो तर्कमाथि खिसी गर्थे । उनीहरु मलाई मजाकको पात्र बनाउँथे ।’
त्यसताका उनमा क्रिश्चियन धर्मग्रन्थ र सिद्धान्त धेरै हावी भएको थियो । यतिसम्म कि अनुसन्धान गर्न निस्किँदा समुद्री यात्रामा आफूसँग बाइबल पनि लिएर गएका थिए । तर त्यसपछिका हरेक यात्राका दौरानमा भने उनी धर्मबाट विस्तारै टाढा र विज्ञानप्रति नजिक हुन थाले । के कारणले यस्तो भयो उनी स्वयंले नै थाहा पाएनन् ।
यसबारे २४ नोभम्बर १८८० मा फ्रान्सिस एमसी डेर्मोटलाई पठाएको पत्रमा लेखेका छन्, ‘बाइबलको पवित्र रेवेलेशनमा मलाई कत्ति पनि विश्वास छैन, तपाईलाई यस्तो भन्नुमा मलाई खेद छ । यही कारणले पनि मलाई आफू जिसस क्राइस्टको सन्तान हुँ भन्नेमा विश्वास छैन ।’
चर्चसँग युद्ध
चर्च र पाष्टरहरूले डार्बिनको सिद्धान्तले परमेश्वर, उनका शिष्य र क्रिश्चियनको प्रमुख धर्मग्रन्थ बाइबलको अस्तित्वमाथि नै प्रश्न गरेको भन्ने आरोप लगाउने गरेका थिए ।
बाईबल अनुसार पृथ्वीको रचना क्राइस्टको जन्मनुभन्दा ४००४ वर्ष पहिले भएको जेम्स उसेरलगायत तमाम इसाइ धर्मगुरुको मान्यता थियो। तर, डार्बिन आफ्नो विकासको सिद्धान्तमा पृथ्वीको उत्पत्ति लाखौं–करोडौं वर्ष पहिले नै भएको बताउँथे ।
उनलाई बाईबलको ईश्वरको अस्तित्व मेटाउने प्रयास गरेको आरोप लागेको थियो । सन् २००९ मा उनको जीवनीमा आधारित फिल्म ‘ओरिजिन्स अफ द स्पेसिज’ को एउटा संवादमा थोमस हेनरी हक्सले डार्विनलाई भन्छन्, ‘यसपछि ईश्वर आफूले संसारको सिर्जना एक हप्तामा गरेको दावी गर्न सक्दैनन्, तपाईले त ईश्वरको हत्या नै गरिदिनु भयो श्रीमान् ।’
चर्च र येशुको विरोध गर्ने डार्बिन मात्रै थिएनन् । त्यस समयका लेनिन ब्रुनो, ग्यालिलियो, मार्कोनी र अन्य वैज्ञानिक धर्मगुरुको सजायबाट बच्न सकेनन् । ईश्वरको अस्तित्व र महिमाउपर शंका गरेको भनेर ग्यालिलियोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो भने ब्रुनोलाई ज्युँदै जलाइएको थियो ।
उनीभन्दा पहिले नै धेरै वैज्ञानिकहले क्रिश्चियन धर्मको विरोध गरिसकेका थिए । कोपरनिकस, जियोर्डानो ब्रुनो र ग्यालिलियो जस्ता विचारक र वैज्ञानिकले आफ्नो समयमा चर्च र ईश्वरबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । चर्च र ईश्वर विरोधी धारणा राखेकाले धर्मगुरुले उनीहरुलाई सजाय पनि दिएका थिए ।
कपरनिकसले सिद्धान्तको प्रतिपादन आफ्नो अन्तिम समयमा गरेका हुनाले कपरनिकस धर्मगुरुको आक्रमणबाट बचेका थिए । तर लेनिन ब्रुनो, ग्यालिलियो, मार्कोनी र अन्य वैज्ञानिक धर्मगुरुको सजायबाट बच्न सकेनन् ।