माधव नेपाल संसदीय दलको नेता बन्दै, छिट्टै सरकारमा सहभागी हुने

नेकपा (एकीकृत समाजवादी)को बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्दै छ ।

दलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए ।

बिज्ञापन

यस्तै प्रमुख सचेतक तथा सचेतकसमेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो ।

छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।