कांग्रेस सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी घोषणा गर्ने

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बुधबार पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषणा गर्न लागेका हुन् ।

गुरुङले उमेदवारी घोषणा गर्न बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

बिज्ञापन

महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्ने र आफ्नो अरू टिम भने पछि सार्वजनिक गर्ने बताइएको छ। उनले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताइरहेका थिए। कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।