
काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रधानन्त्री बनेको दुई महिना पुग्नै लाग्दासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहको छ । सत्ता गठबन्धनकै नेताहरुलेसमेत मन्त्रिमण्डल विस्तार नहुँदा सरकारले फुल फेजमा काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् ।