
काठमाडौँ । रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको जनाइएको छ ।
साथै, अहिले चर्चामा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीबारे पनि समीक्षा भएको जनाइएको छ । एमसीसीले सरकारलाई दिएको जवाफमा उल्लेखित सैन्य रणनीति र इन्डो–प्यासिफिकको बारेमा पनि समीक्षा भएको थियो । एमसीसी यी पक्षको हिस्सा नरहेको जवाफ अमेरिकाले सरकारलाई दिएको थियो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत सहभागि थिए । साथै बैठकमा सीमा सुरक्षाबारे पनि छलफल भएको थियो ।