
काठमाडौ । विश्वकप क्रिकेट अन्तर्गत शनिबारको खेलमा भारतमाथि अफगानिस्तान हाबी देखिएको छ । जारी विश्वकपमा अपराजित रहेको भारतमाथि सबै खेलमा पराजय भोगेको अफगानिस्तानले कडा टक्कर दिएको हो ।

बिज्ञापन



टस जितेर ब्याटिङ गरिरहेको भारतले १ सय ३५ रन बनाउँदा चार विकेट गुमाएको हो । पहिले ब्याटिङ गरेको भारतका दुवै ओपनर सस्तैमा आउट भए ।

ओपनर केल राहुल ५३ बलमा ३० रन जोडेर आउट भए भने रोहित शर्मा १० बलमा १ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका कप्तान विराट कोहली ६३ बलमा ६७ रन बनाएर आउट भएका छन् ।
त्यसपछि विजय शंकर पनि ४१ बलमा २९ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा महेन्द्रसिंह धोनी र केदार जाधव रहेका छन् र भारत १ सय ६५ रन बनाएर खेलिरहेको छ । अफगानिस्तानका मोहम्मद नाबीले २ तथा मुजिब उर रहमान र रहमत शाहले १–१ विकेट लिएका छन् ।