
यो महिना पाँच वटा हिमाल आरोहणका लागि २२७ जना आरोहीले अनुमती लिएको पर्यटन विभागले जनाएको छ ।
मरियाङ हिमाल आरोहणका लागि आठ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना, कम्भकर्ण ५ जना र मनास्लु हिमाल आरोहणका लागि १७१ जना गरी जम्मा २२७ जना रहेको विभागले जनाएको छ ।
यो महिना मनास्लु हिमाल आरोहणका लागि १७१ आरोहीले अनुमति लिएसँगै आधारशिविरमा भीड लाग्न शुरु गरेको छ । यसै महिना विभागले दुई करोड २९ लाख ९० हजार १९४ रुपैयाँ राजस्व संकलन गरेको छ ।