नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हँदै छ । ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उक्त मुद्धाको सुनुवाइ गर्न सोमबारका लागि पेसी ताकिएको छ। ओलीद्वारा दर्ता रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको हस्ताक्षरमा नयाँ पार्टी नेकपा ( एकीकृत समाजवादी) दर्ता गराएको भनेर आयोग र पार्टीको पत्रबमोजिम ती सांसदलाई सांसद पदबाट बर्खास्त नगरेको भनेर सभामुख सापकोटाविरुद्ध मुद्दा दिएका हुन् ।

पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।