विराटनगरमा निर्माण भइरहेको रेलको लिक बाढीले बगायो | OmkarTimes.com

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण भइरहेको रेलको लिक बगाएको छ ।

 

बिज्ञापन

 

बाढीले धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको पर्खाल भत्काइदिएको छ । जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण गरिसकिएको छ ।

 

 

भारतको जयनगरबाट कुर्तासम्म ३४ किमि रेल्वे लिक छ, त्यसमध्ये साढे ३१ किमि नेपालमा पर्छ । कुर्तासम्म लिकलाई ब्रोडगेजमा स्तरोन्नति गरिसकिएको छ ।

 

 

जयनगरदेखि इनरुवा खजुरी खण्डको २ सय मिटर रेलको लिक बगाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । बर्दिबासतर्फ कुर्तादेखि बिजलपुरा खण्डमा लिक निर्माणका लागि बनाइएको ट्र्याकमा बिछ्याइएको माटो, गिट्टी, बालुवा बगाएको छ ।

 

 

उनका अनुसार यो खण्डको रेल गुड्ने करिब ४ किमि क्षेत्र बाढीले बगाएको छ । अहिले भारत सरकारको सहयोगमा जोगवनीदेखि विराटनगरसम्म १८ किमि र जयनगरबाट बर्दिबाससम्म ६९ किमि रेल नेटवर्क बन्ने क्रममा छ ।