आज देशभरका अधिकांश भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना | OmkarTimes.com

काठमाडौं।  मनसुनको सक्रियतासँगै आज (मंगलबार) पनि देशभरका अधिकांश भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेको छ भने अन्य ठाउँमा पनि पानी पर्ने क्रम जारी छ ।

 

बिज्ञापन

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघ गर्जनसहित पानी पर्ने भएकाले अधिकांश ठाउँमा पहिरो तथा बाढीको खतरा रहेको छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ र, देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसमकै कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने महाशाखाको दाबी छ ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसमी पूर्वानुमान यस्तो छ :

 

आज, साउन ७ गते (मंगलबार)

 

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 

राति: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

 

भोलि, साउन ८ गते (बुधबार)

 

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

 

राति: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

 

पर्सी, साउन ९ गते (बिहिबार )

 

दिउँसो: देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ । देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १/२ स्थानहरुमा भारीको सम्भावन रहेको छ ।

 

राति: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।