ईपीएल : रायनको विस्फोटक ब्याटिङ, काठमाडौँसँग ललितपुर पराजित

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काए । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।