
काठमाडौँ : पुर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष ओली पहिलोपटक सम्पादकसँग गर्न लागेका हुन् । मंगलबार अपरान्ह ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय गरिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए । सोसल मिडियाले अस्थीरता निम्त्याउन खोजिरहेको गम्भीर आक्षेप लगाउँदै आएका छन् ।



उनले सञ्चार माध्यमले तपाईँ नभनेर तिमी भनेको भन्दै आलोचना गरेका थिए। नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।
