चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु, अरु केहि बेपत्ता

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

बिज्ञापन

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।