
काठमाडौँ– एनएमबी बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ। बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक व्याजदर ९०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको हो।

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज दिइँदै आएको छ। जसले गर्दा लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राखेर एनएमबीले उच्च व्याज प्रदान गर्दै आइरहेकोे बैंकको दावी छ।



बैंकमा खाता नभएका ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

जसअनुसार भिडियो केवाईसीमार्फत ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने छन्। ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्दछन्।