देश चुनावको महासङ्ग्राममा होमिएको एमाले अध्यक्ष ओलीको भनाई

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश चुनावको महासङ्ग्राममा होमिएको बताउनुभएको छ । एमाले उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले महासङ्ग्रामलाई आफू तिर पार्न लाग्नु पर्ने बताउनुभयो । पाँच वर्षमा आएको निर्वाचन एउटा मौका हो, यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ भन्दै अध्यक्ष ओलीले सिङ्गो देशको आकांक्षा समृद्ध नेपाल सुखी नेपाली भएको बताउँदै त्यसलाई प्राप्त गर्न समाजवाद तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । त्यो काम एमालेबाट मात्र सम्भव रहेको उहाँको भनाई छ ।

ओलीले समाजमा सबैलाई अगाडि जाने अवसर उत्तिकै हुनु पर्ने पनि बताउनुभयो । उहाँले विकासलाई सही गन्तव्य तर्फ उन्मुख गर्ने सरकार बनाउनको निम्ति बहुसङ्ख्यक जनताको साथ आवश्यक पर्ने बताउनुभयो । यसको लागि कम्तीमा पनि एमालेलाई बहुमत आवश्यक रहेको ओलीको भनाइ छ ।

ओलीले अहिले पनि कांग्रेस बञ्चरो मात्र भएको र कम्युनिष्टलाई ढाल्ने बञ्चरोको बिँड कम्युनिष्ट भन्ने नै भएको बताउनुभयो । कम्युनिष्ट ढाल्न कम्युनिष्ट नामधारी प्रचण्ड र माधव नेपाल लागेको उहाँको टिप्पणी छ ।