बागमती नदीको किनारामा एक महिलाको शव भेटियो

बानेश्वर क्याम्पसनजिकै बागमती नदीको किनारामा एक महिलाको शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार शव अर्धनग्न अवस्थामा छ। शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकामा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।