
काठमाडौं– बुथ लेभेलबाटै पार्टिलाई मजबुत बनाउन जनमत पार्टि ‘मधेश कभरेज अभियान’मा लागेको छ । आगामि तिनै तहको निर्वाचनलाई लक्षित गर्दै सो पार्टिले तराई–मधेशका २४ वटा जिल्लामा अभियानको थालनी गरेको हो ।

बिगतमा मधेशलाई छुट्टै राष्ट्र बनाउन जनमत संग्रहको माग राखि स्वराज अभियान चाएका डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टि, मुलधारको राजनितिमा आएपछि संगठन निर्माणमा लागेको हो ।



तराई–मधेशका २४ जिल्लाको करिब २ हजार ६ सय वडामा बुथ लेभेलदेखि वडा हुंदै पालिका, क्षेत्र र जिल्ला लेभेलसम्मको संगठन निर्माणको लागि ३ महिने अभियान चलाईएको जनमत पार्टिका महासचिव चन्दन शिंहले जानकारी दिए ।

अभियान अन्तर्गत ६ लाख सदस्यता रसिद प्रदान गरिसकिएको र मंशिर महिनाको अन्त्यसम्म आवश्यक्ता अनुसार थप रसिद थैलि वडा तहसम्म पुर्याईने शिंहले बताए ।
मधेशको नाममा स्थापना भएका पार्टिहरु सत्ता स्वाथ्र्यमा तल्लिन भएपनि मधेशि नागरिकमा निराशा पलाएको भन्दै अधिकार र सम्मानका लागि आफुहरु जनताको घरघरमा पुगिरहेको शिंहले जनाए ।
तराई–मधेशका २४ वटै जिल्लाका नागरिक पार्टिको बिचार र सिद्धान्थप्रति आकर्षित भएकाले आगामि निर्वाचनमा आफुहरुलाई पुर्ण समर्थन दिने बिश्वास समेत महासचिव शिंहले जाहेर गरेका छन् ।
‘मधेशि जनताले अधिकार र सम्मानका लागि परिवर्तन चाहेका छन्’, शिंहले भने– ‘हामि अधिकार सहितको संबिधान र सम्मान सहितको सहभागिताका लागि जनतामाझ पुगिरहेका छौं ।’
जनमत पार्टिको मुख्य मुद्दा संबिधान संसोधन, स्वायत प्रदेश र पुर्ण समानुपातिक समावेशि सहभागिता रहेको भन्दै शिंहले आफुहरुको सरकार आए मधेशका १० लाख नागरिकलाई रोजगारी दिने लक्ष्य राखेको बताए ।
मधेश कभरेज अभियान अन्तर्गत पार्टिका केन्द्रीय पदाधिकारिदेखि जिल्ला स्तरका कार्यकर्ता लागिपरेको उनले बताए ।