बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा ओली सहभागी हुदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार आफू निर्वाचित भएको जिल्ला झापा जाँदै छन्।

बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्।

दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ।