चीनमा संस्कृत भाषाका कक्षा सुरु, राष्ट्रपति सिको अभियान

 

एजेन्सी । ह्वाङ्जाउ बुध्दिष्ट ईन्स्टिच्युटले संस्कृत भाषाका कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा सञ्चालकले यस कार्यलाई राष्ट्रपति सी जिन पिङको प्राचीन संस्कृति प्रवध्र्दनको बृहत अभियान बताएका छन् ।

मैन विश्वविद्यालयका डिन कोन्राग मैसिग भन्छन्, ‘मसँग हरेक वर्ष २० जना विद्यार्थीले संस्कृत सिक्छन् ।’ उनीहरूलाई संस्कृत सिकाउने गुरू हुन्–लि वुई ।

चीनियाँहरूमा संस्कृत भाषाप्रतिको आकर्षण बढ्नुको मुख्य कारण बौध्द धर्म र दर्शन रहेको छ ।

बेईजिङको पेकिङ विश्वविद्यालयले संस्कृत सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । पेकिङ विश्वविद्यालयले हरेक वर्ष ६० जना विद्यार्थीलाई संस्कृत भाषा पढाईरहेको छ ।

चीनमा संस्कृत भाषा पढाउने शिक्षकको कमी छ । भारतका संस्कृत भाषाविद् सत्यव्रत शास्त्री तथा नेपालका प्राध्यापक काशीनाथ न्यौपाने लगायतले चीनमा संस्कृत भाषा पढाईरहेका छन् ।

तिब्बतका गुम्बाहरूमा आज पनि संस्कृत भाषामा बौध्दग्रन्थ लेखिएका ताडपत्र सुरक्षित छन् । यी ताडपत्रहरू २ हजार वर्ष पुराना हुन् ।