पानीजहाज डुब्यो, १५० जनाको ज्यान गएको आशंका | OmkarTimes.com

एजेन्सी । लिबियाको तटीय क्षेत्रमा शरणार्थी सवार पानीजहाज डुबेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) का अनुसार जहाज डुब्दा त्यसमा सवार झण्डै १५० जनाको ज्यान गएको आशंका छ ।

तीन सयजना सवार पानी जहाज डुबेको हो । माछा मार्न तटीय क्षेत्रमा गएका झण्डै १ सय ३७ जनाको उद्धार गरेको जनाइएको छ ।

बिज्ञापन

दुईवटा पानी जहाज डुबेको र दुवैमा गरेर ३०० जना सवार रहेको बताइएको छ । लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

हालसम्म लिबिया हुँदै युरोप प्रवेश गर्ने क्रममा १ सय ६४ जनाको ज्यान गएको पुष्टि भएको युएनएचसिआरले उल्लेख गरेको छ ।