
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
बिज्ञापन



यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् ।

अहिले सक्रिय संक्रमित १२ हजार २९७ जना छन् ।