
काठमाडौं । सरकारले चाडपर्वमा हुने चहलपहल र आवतजावतलाई लक्षित गर्दै कोभिड–१९ को परीक्षणमा कडाइ गर्ने भएको छ ।
विशेषगरी काठमाडौं उपत्यकासहित प्रमुख ‘हटस्पट’हरूमा परीक्षण बढाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार उपत्यकाका प्रमुख नाका, बसपार्क, बढी भिडभाड हुने स्थानहरूमा ‘¥यान्डम’ एन्टिजेन परीक्षण गरिनेछ । अरू जिल्लाहरूमा पनि परीक्षणको दायरा बढाउन पत्राचार गरिएको डा. पौडेलले बताए ।



दसैँको समयमा घटेको परीक्षण अब भने छठ पर्वसम्म बढाइने र संक्रमणलाई नजिकबाट नियाल्ने योजना रहेको पनि डा. पौडेलले बताए । अहिले देशभरका ८५ वटा प्रयोगशालाबाट दैनिक नौ हजारको हाराहारीमा स्वाब नमुना परीक्षण भइरहेको छ ।

नेपालमा कात्तिक १ गतेसम्मको तथ्यांकानुसार कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ छ । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई हजार ४२९ जना छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ भने बाँकी जिल्लाहरूमा २०० भन्दा कम छन् ।