दमास्कसमा विष्फोट, सैनिक मारिए

एजेन्सी । सिरियाको राजधानी दमास्कसमा सैन्य बसलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार आज बिहान बम विष्फोट भएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार विष्फोटमा कम्तीमा १३ जना मारिएका छन्।

आतंकवादी आक्रमणले दुई विस्फोटक उपकरणको प्रयोग गरी जिसर अल–रईस पुलमा बसलाई निशाना बनाएको बताइएको छ । सेनाले घटनास्थलमा भेटिएको अर्को विस्फोटक उपकरण नष्ट गरेको छ ।