
कलैया : लागुऔषध चरेस नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सीमानामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेबी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
बिज्ञापन



ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेस रहेको थियो । बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
