लागुऔषधसहित सिरहाका वडाध्यक्ष पक्राउ

सिरहा : लागुऔषधसहित सिरहाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन् ।

यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। भारतबाट फर्किंदै गर्दा जाँच गर्ने क्रममा वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद भएको सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार पक्राउ परेका यादवको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरिएको छ । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।