जापानद्वारा थप ११४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध

काठमाडौं । जापानले थप ११४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध गराएको छ ।
कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पु¥याउन अक्सिजन जेनेरेटर प्रदान गरिएको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।

जापानी कार्यवाहक राजदूत युसिओका युजोले नेपालका अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।
‘हामीले दिएका उपकरणले नेपालका धेरै जनताको जीवन बचाउनेछन् भन्ने आशा लिएका छौँ’ उनले भने ।

यसअघि जापानले २७४ वटा अक्सिजन जेनेरेटर नेपाललाई दिएको थियो।
कोरोना महामारीकै बीच जापानले नेपालका ८ वटा अस्पताललाई एमआरआई मेसिन दिएको थियो।
जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सहायता प्रदान गर्दै आएको छ।

कोरोना महामारीपछिको पुनर्स्थापना कार्यक्रममा नेपाललाई सघाउन जापान तयार रहेको दूतावासले उल्लेख गरेको छ।