
काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ ।

मंगलबार बसेको संसदीय विशेष समितिको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई आज बयानका लागि बोलाउने निर्णय गरेको थियो । सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।
बिज्ञापन



मंगलबारको बैठकले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरिसकेको छ । समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग पनि छलफल गरिसकेको छ । छानबिन समिति बनेसँगै उनले मन्त्रिबाट राजिनामा दिएका थिए ।
