
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ११ हजार ३५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जनाको पिसिआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
बिज्ञापन



यसको संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।
हाल सक्रिय संक्रमित १० हजार २३६ छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा १९९ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
