मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँट आज

काठमाडौँ : मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ आज (शुक्रबार) बाँडफाँट हुँदै छ । शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९ गुणा बढी आवेदन गरेको विक्री प्रबन्धकले जनाएको छ ।

बिज्ञापन

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।