
सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज दुर्घटना भएको हो । डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर पुर्याएएको छ ।
बिज्ञापन



