
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार आफ्नै लागि इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा। कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।
बिज्ञापन



आन्दोलनलाई साथ दिएर इजलास बहिस्कार गर्दै आएका विश्वम्भर श्रेष्ठबाहेक सर्वोच्च अदालतका सिनियर न्यायाधीशहरुलाई भने पेशी तोकिएको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आन्दोलनकारी न्यायाधीशहरुसँग वार्ता चलिरहेकाले आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाएका छैनन् । उनी आफूले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र हेर्ने भएका छन् ।