प्रचण्डका कारण प्रधानमन्त्री देउवाले मन्त्री फेर्न मानेनन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्डका कारण प्रधानमन्त्रीले मन्त्री फेर्न नमानेनको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय मिनभवनमा जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा आफ्नो पार्टीमा पनि दबाब सिर्जना हुने भएपछि प्रचण्डले शेरबहादुर देउवालाई मन्त्री फेर्न नदिएको बताएका छन् ।

बिज्ञापन

उनले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका बढी जिम्मेवार रहेको बताए ।

नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको समेत उल्लेख गरेका छन् ।

आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक-पटक कुराकानी गरेपनि कार्यान्वयन नभएको नेपालको गुनासो छ ।

प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ । पार्टी पोलिटब्यूरोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन् ।