३०६ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं — नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ६०६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

आइतबार ३८४ संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ९७.७ पुगेको छ ।

हाल देशभर ७ हजार २१५ सक्रिय संक्रमित छन् ।