
डडेल्धुराको अमरगढी नगरपालिका–२ आइतबारनजिक दिउँसो ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए ।
‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने।
घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।