कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कोभिड(१९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबारदेखि नै अस्वस्थ राणाले सोमबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना गरिएको छ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राणालाई निमोनिया पनि देखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।