कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नजिता शुक्रबार सार्वजनिक गरिने बताए ।

बिज्ञापन

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।