
काठमाडौं — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महाधिवेनमा बोल्दै उनले नयाँ व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।
बिज्ञापन



उनले नयाँ व्यवस्थाबारे भने, ‘राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सिधै छान्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र सांसदले मन्त्री बन्न नपाउने नयाँ व्यवस्था लागू गरेर जाउ ।’

उनले हिजोआज नेतालाई जनताले चोर भन्ने थालेको बताए । उनले भने, ‘हिजोआज गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दा नेताको नाम सम्झिँदैनन्, कुन चाहीँ चोर आएछ भन्छन् ।’
उनले दलहरूको महाधिवेशन नेतृत्वको छवि सुधारमा केन्द्रित हुनुपर्ने बताए ।
उनले २०४६ सालपछि कुनै सरकारले कार्यकाल पूरा गर्न नपाएको र सबै पार्टी फुटेको स्मरण गर्दै सबै पार्टी मिलेमा सुधार गर्न सकिने बताए ।