विश्वभर कोरोनामुक्त हुनेको संख्या २४ करोड २२ लाख नाघ्यो

विश्वभर हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ करोड २२ लाख १९ हजार ५७४ पुगेको छ ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ९०६ जना निको हुनेको संख्या त्यति पुगेको हो । यही अवधिमा ५ लाख ९४ हजार १३० जना संक्रमित थपिँदा ७ हजार २२७ जना संक्रमितको मृत्यु भएको छ ।

बिज्ञापन

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ लाख १० हजार ७३६ पुगेको छ ।

कुल संक्रमितको संख्या २६ करोड ९३ लाख ८२ हजार ३६० पुगेको छ ।

कहाँ कति थपिए ?

अमेरिकामा एक लाख २५ हजार ३५८, जर्मनीमा ५८ हजार ९६९, बेलायतमा ५८ हजार १९४, रुसमा ३० हजार ८७३ जना कोरोना संक्रमित थपिएका छन् ।