सभापतिका उम्मेदवार कोइरालाले सार्वजनिक गरे ७ संकल्प (सूचीसहित)

काठमाडौं — नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले ७ संकल्प सार्वजनिक गरेका छन् ।

कोइरालाले ‘एक व्यक्ति एक जिम्मेवारीः एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ ७ संकल्प सार्वजनिक गरेका छन् ।

बिज्ञापन

यी हुन् कोइरालाका  सात संकल्प:

संविधान कार्यान्वयनको प्रतिबद्धता

वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना

क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन

अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण

पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी

सहभागितामूलक लोकतान्त्रिक अभ्यास

प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन