
काठमाडौं । नेपालले पहिलो एकदिवसीय क्रिकेटमा आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेल ९ बजे सुरु हुनेछ।

पीएनजीको टोली दुई खेलको एक दिवसीय शृङ्खला र मलेसिया र नेपालसहितको तीन देशीय टी–२० शृङ्खलाको लागि नेपाल आएको हो। यसअघि नेपालले यूएईमा भएको आईसीसी क्रिकेट वर्ल्डकप लिग २ को दुई खेलमा पीएनजीलाई हराएको थियो।
बिज्ञापन



सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ ।
