भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्बोधनः जम्मु काश्मिरबारे के भने ?

एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राती ८ बजे राष्टको नाममा विशेष सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीको ४० मिनेट लामो सम्बोधन केही दिनअघि हटाइएको संविधानको धारा ३७० मा केन्द्रीत थियो ।

 

प्रधानमन्त्री मोदीले दशकौंदेखि जम्मु काश्मिरमा रहेको आतंकवाद, अलगवाद, भ्रष्टाचार र परिवारवादलाई धारा ३७० को खारेजीले अन्त गरिदिएको बताएका छन् ।

 

सम्बोधनका क्रममा उनले संविधानको यो धारा हटाएपछि केन्द्रको शासनमा आएको जम्मु काश्मिरमा विकासले गति लिने बताए । प्रधानमन्त्री मोदीले जब जम्मु काश्मिरको अवस्था सामान्य हुन्छ, त्यहाँको विकास हुन्छ, शान्ति र समृद्धि स्थापना हुन्छ तब यो केन्द्रको शासनमा नरहने दाबी गरे ।

 

उनले केही समयका लागि मात्र जम्मु काश्मिरलाई केन्द्रको शासनमा राख्ने बताउँदै उनले यहाँ केही समयभित्रै निर्वाचन गरिने समेत बताए ।

 

४० मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले १४ वटा महत्वपूर्ण विषय उठान गरेका छन् ।

 

१. जम्मु काश्मिर र लद्दाखमा नयाँ युगको शुरुवात ।

 

२.संविधानको धारा ३७० को नोक्सानका बारेमा कहिल्यै छलफल भएन ।

 

३.यसअघि काश्मिरका डेढ करोड जनता देशको कल्याणबाट बञ्चित भए ।

 

४.अब जम्मु काश्मिर चाँडै नै नकारात्मक नतिजाहरुसहित बाहिर आउनेछ ।

 

५.राज्यपालको शासनकालमा जमिनामा सुशासनको प्रभाव।

 

६. यसअघि काश्मिरमा पञ्चायत र नगरपालिकाको चुनावमा समेत लाखौंलाई भोट दिने अधिकार थिएन । अब त्यो बाटो खुल्छ ।

 

७. जम्मु काश्मिरमा तेजश्वी विद्यायकहरु आए, शक्तिशाली मुख्यमन्त्री बन्नुहोस् ।

 

८.बहिनीहरु र छोरीहरुलाई आग्रह छ, आफ्नो क्षेत्रको कमाण्ड लिनुहोस् ।

 

९. काश्मिर र लद्दाख सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बन्ने क्षमता रहेको छ ।

 

१०. काश्मिरका बालबालिकाले खेलकुदको दुनियाँमा भारतको नाम उज्जल बनाउँनेछन् ।

 

११.लद्दाखमा अध्यात्मिक पर्यटन केन्द्र र सौर्य ऊर्जाको भण्डार देखिन्छ ।

 

१२. १ सय ३० करोड भारतीय काश्मिर र लद्दाखबारे चिन्तित छन् ।

 

१३. काश्मिरका जनताले परिस्थिति बिगार्नेलाई धैर्यतापूर्वक जवाफ दिएका छन् ।

 

१४. अब यहाँ इद मनाउन कुनै समस्या छैन भनेर निश्चित गरिनेछ गर्नेछ ।