
झापा । आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको छ । झापाको शिवसताक्षी नगरपालिका—११, दुधेका ४१ वर्षीय एक अर्धबैंशे मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भइरहेको छ ।
https://giphy.com/gifs/everest-4bcfhayfujLdS
गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ । स्थानीय एक विद्यालयमा अध्ययनरत ती किशोरीले आइतबार साथीलाई रुदैँ घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलले अभियुक्त मामालाई सोमबार नै पक्राउ गरेको छ । पीडितकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छिन् ।
अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित किशोरीकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेष्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलले पीडित किशोरी र अभियुक्तको समेत मेडिकल टेष्ट गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ । दार्जिलिङ घर भएकी पीडित बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छन् ।