माओवादी स्थायी समिति जारी, केन्द्रीय सदस्यको नाम टुंगो लगाउने

काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

बैठक माओवादी केन्द्रको ८औं महाधिवेशन जारी कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमै स्थायी समिति बैठक बसिरहेको हो ।

बिज्ञापन

बैठकले पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बताइएको छ ।

बैठकमा ८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ ।

माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत सामानुपातिकबाट केन्द्रीय समिति निर्माण गर्ने जनाएको छ ।

माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २ सय ९९ सदस्य रहनेछन् ।

बैठकपछि बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ ।

सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी छ ।

नेतृत्व चयन गर्न माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।