माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

बिज्ञापन

साथै उनले आफू १४ दिन होम आइसोलेसनमा बस्ने भन्दै पछिल्ला केही दिन आफूसँग सम्पर्कमा आएकाहरुमा सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।

‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।

कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’ उनले फेसबुकमा लेखेका छन्।